१०३ बर्षका विष्णुमति जोशीले गरे कृष्ण आधारभुत विध्यालयमा मतदान

कञ्चनपुर :- स्थानिय तहको मतदान कार्य बिहान ७ बजेबाट देशभर शुरू भएको छ । कञ्चनपुरको शुक्लाफाटाँ नगरपालिका वार्ड नम्वर १ बन्शाहको कृष्ण आधारभुत बिध्यालय रामनगरमा रहेको मतदान केन्द्रमा १०३ बर्षका विष्णुमति जोशीबाट मतदान शुरू गरिएको छ ।शुक्लाफाटाँ नगरपालिका वार्ड नम्वर १ बन्शाहका १०३ बर्षका वृद आमा बिष्णुमति जोशीबाट मतदान कार्य शुरू गरिएको मतदान अधिकृत नरेाश चौधरीले जानकारी दिनुभयो । शुक्लाफाटाँ नगरपालिका वार्ड नम्वर १ बन्शाहको कृष्ण आधारभुत बिध्यालय रामनगरमा रहेको मतदान केन्द्रमा ३३९४ मतदाता रहेका छन । निर्वाचनको तयारी अभावमा ७: १५ मा मतदानकार्य भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply