माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा गृह जिल्लामा मतदान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन्। अध्यक्ष प्रचण्डले गृह जिल्ला चितवनको भरतपुर-१४ स्थित पुलिस स्कुल शान्तिपुरबाट पहिलो मतदान गरेका हुन्। स्थानीय तहको निर्वाचन आज बिहान ७ बजेबाट सुरु भएको छ। देशैभर मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ। मतदान साँझ ५ बजेसम्म जारी हुनेछन्। देशका ७ सय ५३ स्थानीय तहमा एकै चरणमा निर्वाचन हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply