मतदाता बोकेको जिप दुर्घटना, १४ को मृत्यु

धनगढी । स्याङ्जाको वालिङमा भएको जिप दुर्घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको आशंका गरिएको छ। मतदाता बोकेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको सूचना पाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वालिङका एसपी राजीव बहादुर बस्नेतले धेरै ठूलो दुर्घटना भएको भन्दै करीब १४ जनाको मृत्यु भएको आशंका रहेको बताए। जिपमा कति जना सवार थिए भनेर थाहा पाउन नसकिएको समेत बताए। घाइते भएकाहरुको उपचारका लागि लगिँदै गरेकोसमेत एसपी बस्नेतले जनाकारी दिए।

वालिङ नगरपालिका–१४ पञ्चमुलमा दुर्घटनामा परेको उक्त जिप सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ। सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ प ३०२६ नम्बरको जीप दुर्घटना भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply