८ घण्टामा ५१ प्रतिशत मतदान, मुख्य निर्वाचन अधिकृत भन्छन्:- अहिलेसम्म शान्तिपूर्ण रहेको छ

कञ्चनपुर । कृष्णपुर नगरपालिकामा ८ घण्टामा ५१ प्रतिशत मत खसेको छ । कृष्णपुर नगरपालिकाका मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार विहान ७ बजेदेखि ३ बजेसम्म मत खसेका हुन् । कृष्णपुर नगरपालिका मुख्य निर्वाचन अधिकृत नरेन्द्र बहादुर बुढाले सबै वडाका मतदान केन्द्रमा उत्साह र शान्तिपूर्ण रुपमा मतदान भई रहेको जानकारी दिएका छन् ।‘सबै केन्द्रमा उत्साहपूर्ण र शान्तिपूर्ण रुपमा मतदान भई रहेको छ’ उनले भने,‘अहिलेसम्मको रेसियो हेर्दा ५१  प्रतिशत मतदान भएको छ ।’कृष्णपुरमा ४० हजार ३ सय ५० मतदाता छन् । साँझ ५ बजेसम्म मतदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply