मतगणना कछुवा गतिमा, जनताको चासो कहिले सकिन्छ मत गने ?

कञ्चनपुर :- निर्वाचन सकिएको ३९ घन्टा बित्दा कृष्णपुर नगरपालिकाको परिणामसमेत कछुवा गतिमा आइरहेको छ । शनिबार दिउँसैदेखि गणना सुरु भए पनि आइतबार ८ बजेसम्म कृष्णपुर नगरपालिकामा १२०० मत गणना भएको छ भने कञ्चनपुर जिल्ला का सम्पुर्ण नगरपालिका र गाउँपालिकाका अधिकांश स्थानमा थोरै मात्र मत गनिसकिएको छ। गणना सुस्त गतिमा भइरहेको छ । अधिकांश नगरपालिका/गाउँपालिकाले सबै वडाको मतपेटिका एकै ठाउँमा भेला पारेर एक–एक वडाको गर्दै गणना गरिरहेका छन् । ढिलाइ हुनुको प्रमुख कारण यही हो । सामाजिक सञ्जालहरूमा यसको तीव्र आलोचना भइरहेको छ । अधिकांश सर्वसाधारणले जनशक्तिको अभाव वा अन्य के कारण हुन सक्छ भन्दै प्रश्न गरिरहेका छन् । आयोगले जनशक्ति अभावलाई पनि अस्वीकार गरेको छ । राजनीतिक दलहरूले पनि ढिलाइप्रति गुनासो गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply