माओवादी केन्द्रका उम्मेदवार दंगालले उम्मेदवारलाई पछि पार्दै जित हासिल

भक्तपुर। शंखरापुर नगरपालिका वडा नं. १ को अध्यक्षमा बाबुराम दंगाल विजयी भएका छन्। माओवादी केन्द्रका उम्मेदवार दंगालले नेकपा (एकिकृत समाजवादी) का उम्मेदवारलाई पछि पार्दै जित हासिल गरेका हुन्।

आइतबार बिहान सकिएको मत गणनामा उनी ६ सय ७४मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पधी नेकपा (एकिकृत समाजवादी) का उम्मेदवारले ६ सय ०६ मत ल्याएका छन्।त्यस्तै नेकपा एमालेका उम्मेदवारले ५ सय ५६ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र  पार्टीले ३ सय ९५ मत ल्याउदा जनता समाजवादीले यो वडामा ७ मत ल्याउन सफल भएको छ। त्यस्तै वडा सदस्यहरुमा चारै जना नेकपा  (एकिकृत समाजवादी) ले जित निकालेको छ। कुल मतदाता ३५ सय ६० रहेका यस वडामा २७ सय २० मत खसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply