लालझाडी गाँउपालिका अध्यक्षमा निर्मल राना र उपाध्यक्षमा सपना चौधरी दुवै एमालेकै उम्मेदवार निर्वाचित

कञ्चनपुर: लालझाडी गाँउपालिकामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन । लालझाडी गाँउपालिका अध्यक्षमा निर्मल राना र उपाध्यक्षमा सपना चौधरी दुवै एमालेकै उम्मेदवार निर्वाचित भएका हुन । एमालेका निर्मल रानाले निकटतम प्रतिद्वन्दी माओवादीका मदनसेन बडायकलाई १ हजार ६३१मतको अन्तरले हराउँदै निर्वाचित अध्यक्षमा निर्वाचित भएका हुन । रानाले ४ हजार, ५१६, माओवादीका बडायकले २ हजार ८५८मत ल्याएका थिए । भने काँग्रेसका श्रीकृष्ण रानाले २ हजार ४६८मत ल्याएका थिए । यस अघि ०७४को चुनावमा एमालेका निर्मल राना हराउँदै माओवादीका बडायक अध्यक्ष भएका थिए । अहिले ०७९ मा एमालेका रानाले माओवादीका बडायकलाई हराउँदै अध्यक्ष भएका छन । यस्तै उप प्रमुखमा पनि एमालेकै सपना चौधरी निर्वाचित भएकी छिन । उनले आफ्ना निकटतम प्रतिद्वन्दी राधा रानालाई ६८मतले पराजित गर्र्दै उपप्रमुखमा निर्वाचित भईन् ।

चौधरीले ३ हजार ५६१ र रानाले ३हजार ४९३मत ल्याएकी थिईन । १४ हजार १६ मतदाता मध्ये ११ हजार ३३३५मत खसेका थिए । ३२ पदका लागि ११९जना चुनावमा होमिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply