डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी

डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका उमेशप्रसाद भट्ट र उपाध्यक्षमा नेपाली काँग्रेसकी बसन्ती पाल निर्वाचित भएका हुन । नेकपा एमालेका उम्मेदवार पदम पाललाई हराउँदै माओवादी केन्द्रका भट्ट र माओवादी केन्द्रकी उम्मेदवार कलावती भाणलाई पछि पार्दै काँग्रेसकी पाल विजयी भइन । अध्यक्षमा निर्वाचित भट्टले २४६९ मत ल्याए । उनका प्रतिद्वन्द्वी २२९७ पालले मत पाए । यी दुईबीचको मतान्तर १७२ रहेको छ ।

यस्तै, नेपाली काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार टेकराज पाण्डेयले १९८१ मत पाए । उपाध्यक्षमा काँग्रेसकी पालले २५६५ मत ल्याइन भने उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी भाणले २३०९ मत पाइन । यी दुईबीचको मतान्तर २५६ रहेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रका भट्ट नै विजयी भएका थिए । यहाँ विपी काँग्रेस र एमालेको गठबन्धन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply