भरतपुर महानगरपालिका प्रमुख पदमा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालको अग्रता कायमै

चितवन। भरतपुर महानगरपालिका प्रमुख पदमा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालको अग्रता कायमै छ। १७ हजार ३४ मत गणना हुँदा रेनुले ५ हजार ७१८ मत पाएकी छन्। यस्तै, नेकपा एमाले र राप्रपाका उम्मेदवार विजय सुवेदीले ५ हजार ६८८ मत पाएका छन्। उनी रेनु दाहालभन्दा ३० मतले पछाडि छन् । प्रमुख पदमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७८८ मत पाएका छन्।

उपप्रमुख पदमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारी ६ हजार ९८२ मतका साथ अग्रस्थानमा छन्। राप्रपाकी हिमला गुरुङले ४ हजार ६२८ मत पाएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply