डाेटी / नेकपा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश कमिटी सदस्य खगेन्द्र वहादुर साउदले उच्च राजनितिक संस्कार देखाएका छन् । स्थानिय तह निर्वाचन २०७९ काे क्रममा डाेटीकाे मुटुकाे रुपमा रहेकाे दिपायल सिलगढी नगरपालिका का लागि नगरप्रमुख पदका उम्मेद्वार रहेका साउदले नव निर्वाचित नगरप्रमुख बाजि सिँ खड्का (विजय) लाई बधाई दिने क्रममा राजनितिक संस्कार देखाएका हुन् ।
नब निर्वाचित नगर प्रमुख खड्कालाई मतगणना स्थलमा पुगी साउदले निर्वाचनका क्रममा आफुले गरेकाे घाेषणा पत्रकाे एक प्रति हस्तान्तरण गर्दै पुर्ण कार्यकाल सफलताकाे शुभकामना व्यक्त गरेका हुन् । साे क्रममा साउदले नगरप्रमुख खड्का र उपप्रमुख कल्पना साउदलाई खादा टीका लगाउदै बधाई दिएका हुन् । निर्वाचनका क्रममा एककाे हार एककाे जित हुने निश्चित प्रकृया भए पनि हार भएका उम्मेदवारमा यस्ताे प्रकृया विरलै देख्न पाईने गरेकाे उक्त मत गणनास्थलमा रहेका नारायण साउदले बताए ।
यसै क्रममा केविले सामाजिक संजाल मार्फत आफू सधै जनताकाे पक्षमा रहने, जनसेवामा क्रियाशिल रहेन प्रतिबध्दता जाहेर गरेका छन् । साउदले आफ्नाे फेसबुकमा लेखेका छन् “तपाईं सम्पुर्ण मतदाता ज्यु हरु प्रति म हार्दिक आभारी छु । मलाई माया गरि तपाईं सम्पुर्ण मतदाता ज्युहरुले दिनु भएकाे मतकाे सम्मान गर्दै मैले प्रस्तुत गरेकाे घाेषणा पत्रमा उल्लेखित कार्यहरु पूरा गर्न सधै तत्पर रहने छु, पूरा गर्न प्रयास गर्ने छु । विजयी हुनु भएका दाजु विजय खड्का, कल्पना साउद लगायत सम्पुर्णमा पुर्ण कार्यकाल सफलताकाे शुभकामना व्यक्त गर्दछु ।” ९ वडा रहेकाे उक्त नगरपालिकामा नेपाली काग्रेशले प्रमुख, उपप्रमुख सहित ५ वडा अध्यक्ष पदमा जित हासिल गरेकाे छ, त्यस्तै नेकपा एमाले २ वडामा जित हासिल गरेकाे छ । त्यस्तै माओवादि केन्द्रले एक वडा र एक स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका छन् ।