कृष्णपुर -९ मा नेपाली काङ्ग्रेसकाे वडा अध्यक्ष बलायर सहित प्यानल विजयी

सरस्वती सुनार

कञ्चनपुर :- कृष्णपुर नगरपालिका वडा नम्बर ९ काे वडा अध्यक्षमा नेपाली काङ्ग्रेस प्यानल सहित विजयी भएको छ । नेपाली काङ्ग्रेसबाट वडा अध्यक्ष पदका उमेदवार कैलाश बलायर सहितकाे प्यानल विजयी भएको हाे । नेपाली काङ्ग्रेस बाट वडा अध्यक्षमा कैलाश बलायरले ३७९ मतका अन्तरले विजयी भएका छन्। विजयी भएका नेपाली काङ्ग्रेसका वडा अध्यक्ष बलायरले १२२१ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्दी नेकपा एमालेका गणेश ऐर ८४२ माओवादी केन्द्रका लालबहादुर चौधरी ६९७ मत प्राप्त गरेर पराजित भएका हुन। २०७४ को स्थानीय तह निर्वाचनमा बलायर केही मतले पराजित भएका थिए। विजयी भएको नेपाली काङ्ग्रेसका वडा अध्यक्ष बलायरले भ्रष्टाचार र अनियमितता विरुद्ध सधै आवाज उठाउदै समाजलाई विकासको गतिमा लैजाने प्रायःसमा रहेकाे बताउदै कृषि ,शिक्षा ,राेजगार र कृष्णपुर – ९ काे नदि कटान, डुबान नियन्त्रण गर्ने र समुदायकाे विकासमा जनताको सल्लाह सुझावले विकास कार्य गर्ने बताएका छन । साथै आफ्नो अमुल्य मतदान गरि जनताले आफुलाई विजयी गराएको भन्दै कृष्णपुर -९ का सम्पूर्ण आम जनसमुदायका आमा ,बुबा ,दाजुभाई दिदी बहिनीहरुमा शुभकामना ब्यक्त समेत गरेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply