कञ्चनपुरको बेदकोट नगरपालिका ६ मा नेपाली काँग्रेसको किल्ला भत्काउँदै नेकपा माओवादी केन्द्र निर्वाचित

बेतकाेट वडा नम्बर ६ मा नेपाली कांग्रेसको किल्ला भत्काउँदैल अध्यक्षमा माओवादी राना निर्वाचित कञ्चनपुरको बेदकोट नगरपालिका ६ मा नेपाली काँग्रेसको किल्ला भत्काउँदै नेकपा माओवादी केन्द्र निर्वाचित भएको छ । निर्वाचन आयोगको कार्यालय बेदकोटका अनुसार मगलबार साँझ सम्पन्न मत गणना अनुरुप बेदकोट ६मा माओवादीका तुलसी राना निर्वाचित भएका छन । माओवादीका उम्मेदवार रानाले काँग्रेसका उम्मेदवार धनसिह पुजारालाई हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । नेकपा माओवादी केन्द्र बेदकोट नगरका उपाध्यक्ष भीम भट्टले कम्यूनिष्टले उक्त वडामा ईतिहास रचेको बताए । निर्वाचित रानालाई नेकपा माओवादी केन्द्रीय सदस्य ओम विक्रम भाट(सरल), उप प्रमुखका उम्मेदवार सीमा जैसी सहितका नेता कार्यकर्ताले बधाई ज्ञापन गरेका छन ।साथै आफ्नो अमुल्य मतदान गरि जनताले आफुलाई विजयी गराएको भन्दै बेतकाेट -६ का सम्पूर्ण आम जनसमुदायका आमा ,बुबा ,दाजुभाई दिदी बहिनीहरुमा शुभकामना ब्यक्त समेत गरेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply