पुनर्वास नगरपालिकामा नेकपा माओवादी केन्द्रको जित शुरुवात

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेकपा माओवादी केन्द्रको जित शुरुवात भएको छ । ३० बैशाखमा स्थगित भएको पुनर्वास १०मा नेकपा माओवादी केन्द्रले जितेको छ । ३ जेठमा उक्त वडामा पुन मतदान भएको थियो । पुनर्वास १० मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुकदेव राना निर्वाचित भएका छन । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार माओवादी केन्द्रका राना वडाध्यक्षमा निर्वाचित भएका हुन । रानाले काँग्रेसका धिरेन्द्र प्रशाद भट्टलाई ६७ मतको अन्तरले हराउँदै पुन अध्यक्षमा निर्वाचित भएका छन ।

रानाले ८४३, भट्टले ७७६ मत ल्याएका थिए । भने राप्रपाका रतन बहादुर मल्लले २७७ र एमालेका राम ब. थापाले ७१ र मत ल्याएका छन । उक्त वडामा फर्जी मत हालेको भन्दै एमाले, काँग्रेसका नेताहरुले बखेडा झिकेर पुन मतदानको माग अघि सारेका थिए । स्थानीयले अन्तत जसले जे जति षड्यन्त्र गरेपनि माओवादीबाट लोकप्रिय उम्मेदवार राना निर्वाचित भएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply