शुक्लाफाँटा नगरपालिका ८ मा फराकिलो मतका साथ महरा विजयी

जेठ ६,कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मा गठबन्धनका तर्फबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार बहादुर सिह महरा विजयी भएका छन । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षमा बहादुर सिह महरा दोस्रो कार्यकालका लागि ९३१ मत लिएर विजयी भएका छन । त्यस्तै सदस्यमा लाल बहादुर महरा, बिमला चौधरी ,सरिता टमटा , जनकलाल चौधरी भारी मतका साथ प्यानल सहित विजयी भएका छन ।

०७४ मा पनि माओवादी केन्द्रले जितेको वडा यस पटक पनि जितेको हो ,। निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार वडाअध्यक्षमा बहादुर सिह महरा सहितकै प्यानल निर्वाचित भएको छ ।
महराले आफ्ना निकटतम प्रतिद्वन्दी एमाले चक्र्रसिह ठगुन्नालाई २५५ र काँग्रेसका कृष्ण बहादुर ठगुन्नालाई ३६२ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन ।

महरा नेतृत्वको प्यानलै निर्वाचित भएको छ । यस अघि पनि भारी मतका साथ बहादुर निर्वाचित भएका थिए । पुर्व जनमुक्ति सेनाका कमाण्डर समेत रहेका महरा दोस्रो पटक वडाअध्यक्षको यात्रामा छन । गाँउमा विकास निर्माणको काम गरेर लोकप्रियता कमाएका महराले वडालाई नमुना वडा बनाउने संकल्प गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply