पुनर्वास नगरपालिका ६ मा एमालेको विरासत कायम राख्न सफल लामा , प्यानल सहित मित्र सिंह लामा अध्यक्ष मा विजयी

धनबहादुर बिक

पुनर्वास नेकपा एमाले को गढ को रूपमा परिचित पुनर्वास नगरपालिका ६ मा पुनः प्यानल सहित विजयी हासिल गरेको छ । युवा नेता तथा व्यवसायी मित्र सिंह लामाले फराकिलो मतान्तर ले प्यानल सहित विजयी भएका हुन । लामाले निकटतम प्रतिद्वन्द्वी भन्दा दोब्बर मत ९ सय ६२ मत प्राप्त गरि अध्यक्ष मा विजयी भएका हुन भने निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेस का सुकमाया मोक्तान ले ४११ मत प्राप्त गरेकि थिईन । ३१ सय ७८ मतदाता सङ्ख्या रहेको पुनर्वास ६ मा १९ सय ९४ मत खसेको थियो भने ४४ मत बदर भएको थियो । वडा नम्बर ६ मा अघिल्लो स्थानीय निर्वाचन मा पनि नेकपा एमाले प्यानलले नै जितेको थियो । नव निर्वाचित अध्यक्ष लामाले सरकार द्वारा प्रदान गरिने कुनै पनि सेवा सुविधामा कुनै भेदभाव नगरी प्रदान गरिने र वडामा हुने हरेक विकास निर्माण मा वडावासी को सरसल्लाह अनुसार नै अाफु सक्रिय भई अघि बढ्ने बताएका छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply