पुनर्वास नगरपालिका ९ मा नेकपा माओवादी का नरबहादुर बिक अध्यक्ष मा विजयी , मेयर उपमेयर मा नेपाली काङ्ग्रेस कै जित हुने पक्का

धनबहादुर बिक
पुनर्वास पुनर्वास नगरपालिका ९ मा आईतबार सम्पन्न मतगणना मा नेकपा माओवादी का नरबहादुर बिक प्यानल सहित अध्यक्ष मा विजयी भएका छन । युवा नेता बिकले १०६० मत प्राप्त गरि अध्यक्ष मा विजयी भएका छन भने बिकका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दलबहादुर जिसी ले ७७३ मत प्राप्त गरेका छन । फराकिलो मतान्तर ले प्यानल सहित विजयी भएका अध्यक्ष बिक ले अाफ्नो वडामा ईमानदारी पुर्वक जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । ४ हजार १५८ मतदाता सङ्ख्या रहेको पुनर्वास नगरपालिका वडा नम्बर ९ मा २ हजार ४९ मत खसेको मा ४८ मत बदर भएको निर्वाचन आयोग पुनर्वास ले जनाएको छ । पुनर्वास नगरपालिका को हालसम्म भएको मतगणना अनुसार ३ वटा वडामा नेपाली काङ्ग्रेस , दुईवटा वडामा नेकपा एमाले , दुईवटा वडामा नेकपा माओवादी , १ वडामा एकीकृत समाजवादी , १ वडामा रा प्र पा र १ वडामा स्वतन्त्र उमेदवार प्यानल सहित विजयी भएका छन । हालसम्मको मतगणना अनुसार मेयर पदमा दोब्बर मतले नेपाली काङ्ग्रेस का तोया प्रसाद शर्माले अग्रता लिएका छन एउटामात्र वडा नम्बर ११ को मतगणना बाँकी रहँदा शर्माले ९ हजार २२ मत प्राप्त गरेका छन भने निकटतम प्रतिद्वन्द्वी सुर्य ध्वजाबाहक नेकपा एमाले का पदम पुजाराले ४ हजार २८१ मत प्राप्त गरेका छन , त्यसैगरी कलम चिन्ह का मेयर उमेदवार जिवनराज थापाले ३ हजार २८० मत प्राप्त गरेका छन । त्यसैगरी हलो चिन्ह का उमेदवार रा प्र पा का सनतजंग गिरीले ७०१ मत र छाता चिन्ह का मेयर उमेदवार तारागिरी ले ७८ मत मात्रै प्राप्त गरेका छन । यस्तै उपमेयर तर्फ नेकपा एमाले उमेदवार सुसिला खत्रीले ४ हजार ८५० मत , नेपाली काङ्ग्रेस उपमेयर उमेदवार भुलिया रानाले ६ हजार ४६५ , गठबन्धन उपमेयर उमेदवार नेकपा माअोवादी का धोखे रानाले ४ हजार ९५६ मत , रा प्रपा उपमेयर उमेदवार तिर्थामाया सुनार ले ८८० र जनता समाजवादी पार्टी उपमेयर उमेदवार भागिरथी रानाले ६५ मत प्राप्त गरेकि छिन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply