काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाँच दलिय गठबन्धन प्रदेश र संघको चुनावसम्म जाने बताए

तनहुँ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाँच दलिय गठबन्धन प्रदेश र संघको चुनावसम्म जाने बताएका छन्। सोमबार तनहुँको व्यास नगरपालिकाको विजय  र्या‍लीपछि सभालाई सम्बोधन गर्दै पौडेलले राजनीति र अहिलेको व्यवस्थालाई स्थायित्व दिएर मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन परिवर्तनका पक्षधर पाँच दलबीच गठबन्धन भएको दोहोर्याएका हुन्।

तनहुँबासीलाई मुलुक र संविधान बचाउने अभियानमा काँग्रेसलाई जिताएर सहयोग गरेको उनको भनाइ थियो। नेपाललाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउने अभियानमा तनहुँबासीको सहयोग गरेको भन्दै उनले आभार व्यक्त गरे। पौडेलले व्यवस्थालाई स्थायी बनाउन, विकास र समृद्धिलाई अगाडि बढाउने तनहुँवासीले होस्टेमा हैंसे थपिदिएको बताए।

भ्रष्टचार मुक्त नेपाल बनाउने आफ्नो अभियानमा रहेको उनको भनाइ छ। उनले सत्तारुढ गठबन्धनमा आवद्ध परिवर्तनका पक्षधरहरुको अभियान नेपाललाई समृद्ध बनाउने र नेपाललाई बचाउने अभियान भएको पनि बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply