कञ्चनपुरको बेलौरी नगरपालिकाले सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ

बेलौरी कञ्चनपुर दोस्रो पटक नगर प्रमुखमा निर्वाचित भएका पोतिलाल चौधरीले पदभार ग्रहण गर्दै नगरका सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेका छन् । सुत्केरी महिलाको घरदेखि बेलौरी नगरपालिका अन्र्तरगत रहेका स्वास्थ्य सेवा केन्द्र सहित सेती महाकाली प्रादेशिक अस्पताल पु¥याउन निःशुल्क सेवा प्रदान गर्ने निर्णय गरेका हुन् यो निर्णय संगै बेलौरीका विपन्न समुदाय लाभान्वित हुने छन । बेलौरी नगर प्रमुख पोतिलाल चौधरीले नगरको सम्बृद्धिका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन। स्थानीयले समेत पोतिलाल चौधरीले नगरको विकासका लागि पहिलो कार्यकालमा राम्रो काम गरेकाले दोस्रो कार्यकालपनि उनैलाई जनताले मौका दिएको बताएका छन । यो संगै सोमबार बेलौरी नगरपालिकाकी निवर्तमान उपप्रमुख चित्रकुमारी चौधरी लाई विदाई गरिएको छ । भने नगरप्रमुख चौधरीले नव निर्वाचित उप प्रमुख जोगराम चौधरी वडा नम्बर ५, ८ र १० का वडाध्यक्ष हरुलाई पदभार ग्रहण गराउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply