युवा व्यवसायी महेन्द्र कुमार सिंहले सचिबको पदममा उम्मेदवारी

धनगढी – युवा व्यवसायी महेन्द्र कुमार सिंहले सचिबको पदममा उम्मेदवारी दिएका छन् । जेठ २८ गते हुने कैलाली उद्योग बाणिज्य संघको नेतृत्वका लागिसचिब पदमा उम्मेदवारी दिएको सिंहले बडिमालिका खबर सँग बताएका छन् । सिंह व्यवसायी सुरेन्द्र राठीको प्यानल बाट सचिबको उम्मेदवार बनेका हुन् । बाजुरा जन्मेका महेन्द्र धनगढीमा सफल युवा व्यवसायी रुपमा परिचित रहेका छन् । सिंहले भने आफ्नो व्यवसायीका हकहितका सवालमा लाग्ने वताएका छन् । सिंह यो अहिले कैलाली उद्योग वाणिज्य संघको सदस्य रहेका थिए । कैलाली उद्योग बाणज्यि संघको दुई छुट्टाछुट्टै प्यानलले चुनावी तयारी थालेका छन् । जेठ २८ गते हुने उद्योग बाणिज्य संघको चुनावमा दुइ समूहले छुट्टाछुट्टै प्यानलसहित तयारी थालेका हुन् । हालका अध्यक्ष पुष्पराज कुँवर र व्यवसायी सुरेन्द्र राठीको नेतृत्वमा दुई छुट्टाछुट्टै प्यानलले आइतवार मनोनयन दर्ता गरेका छन् । कुँवरको प्यानलमा अधिकांश पुरानै अनुहार दोहरिएका छन् भने राठीको प्यानलबाट धेरै नयाँ अनुहारहरू चुनावी मैदानमा होमिएका छन् । त्यस्तै स्वतन्त्ररूपमा सचिव पदमा जयराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । कुँवर प्यानलबाट वरिष्ठ उपाध्यक्षमा पुष्कर राज ओझा, एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, बाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा लक्ष्मण पन्त, महासचिवमा ओम बिष्ट, कोषाध्यक्षमा भिष्मराज ओझा र सचिवमा सुरेश पाण्डेय उम्मेदवार रहेका छन् । यस्तै राठी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हरिशंकर ठाकुर, एसोसिएट उपाध्यक्षमा प्रकाशचन्द्र भट्ट, उद्योग उपाध्यक्षमा घनश्याम चौधरी, बाणिज्य उपाध्यक्षमा केशव जोशी, वस्तुगत उपाध्यक्षमा केशव पाण्डेय, महासचिवमा सिद्धराज पनेरू, कोषाध्यक्षमा रंजन शर्मा र सचिवमा महेन्द्रबहादुर सिंह रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply