गौरीगंगामा बालविवाह अन्त्य गर्न कार्य योजना निर्माण

२६ जेठ, चौमाला कैलाली, गौरीगंगा नगरपालिकामा बालविवाह अन्त्य सम्बन्धी दुई दिने कार्य योजना निर्माण गोष्ठी गरिएको छ । सुदुरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय, सामाजिक विकास कार्यालय, कैलालीको आयोजनामा गोष्ठी गरिएको हो ।

बालविवाह अन्त्य गर्न नगर,वडा, समुदाय विद्यालय र अभिभावक समेटेर जिवन उपयोगी शिक्षा, यौन प्रजनन स्वास्थ्य तथा समाज रुपान्तरणमा बालबालिका किशोरकिशोरी मैत्री सम्बन्धका अगामी बर्षमा नगरपालिकाबाट संचालन गर्नुपर्ने योजनाको बजेट तर्जुमा गर्नुपुर्व गरिएको कार्यक्रमले बालबालिकाको सवालमा नगरपालिकालाई जिम्मेवार बनाउन सहयोग पुगेको नगर महिला शाखा प्रमुख भावना जोशीले जानकारी दिएका छन् । सामाजिक विकास कार्यालय कैलाली प्रमुख कुलराज सोतीको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा गौरीगंगाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट प्रमुख आतिथ्यमा भएको कार्यक्रमका सहभागी शिक्षिका गिता सापकोटाले बालबालिकाको क्षेत्रमा गोष्ठीले तय गरेका योजनाको कार्यान्वयनको अपेक्षा गरिएको बताइ । विद्यालयका शिक्षिका, महिला स्वास्थ्य स्वयंसेविका बाल अधिकारको क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधि, प्रहरी तथा बालबालिकाहरुको सहभागितामा गौरीगंगामा आगामी वर्ष संचालन गर्नुपर्ने कार्य योजना निर्माण गरिएको छ । दुई दिन संचालन भएको गोष्ठीमा गौरीगंगाका उप सचिव हरिश पन्त र कानुन अधिकृत जयन्त ठकुल्लाले सहजिकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply