बर्खे अन्नबालीको सिजनमा मल उपलब्ध गराउन माग राख्दै माओवादी केन्द्रद्वारा कृष्णपुर नगरपालिकालाई ज्ञापन पत्र

कञ्चनपुर । बर्खे अन्नबालीको सिजनमा मलखाद, बिउबिजन अभावको सहज आपूर्तिका लागि नेकपा माओवादी केन्द्रले कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । सोमबार एक कार्यक्रमका विच माओवादी केन्द्र कृष्णपुर नगर कमिटिले मेयर हेमराज ओझलाई किसानका समस्यमा समाधान गर्न ज्ञापन पत्र बुझाएको हो ।

नेकपा माओवादी केन्द्र कृष्णपुरका नेता मख्खन दहितले बर्खे अन्नबालीको सिजनामा समेत किसानले समयमै मलखाद बिउबिजन नपाउँदा हैरानी खेप्नुपर्ने समस्या आएकाले समयमै मलखाद उपलब्ध गराउन माग अघि सारेर ज्ञापन पत्र बुझाएको बताए । गत बर्ष वाढीले नोक्सानी भएको अन्नबाली क्षतिपूर्ति राहत समेत नपाएकाले सो उपलब्ध गराउन समेत मेयर ओझाको ध्यानाकर्षण गराएको छ ।  माओवादी केन्द्रले सहज मलखाद एव बिउबिजन सहित नापी कार्य अघि बढाउनुपर्ने, विपन्न किसानलाई राहत, जस्ता पाता वितरणदेखि किसानका समस्या समाधानमा जोडदिईएको छ । माओवादी केन्द्र नगर सचिव जगदीश मल्ल र अध्यक्ष जोगराज चौधरीले हस्ताक्षर गरेको विज्ञप्तीमा पार्टीले किसानका हितका लागि अघि सारेका एजेण्डामा चासो दिन आग्रह गरिएको छ । ज्ञापन पत्र बुझ्दै मेयर ओझाले माओवादीले अघि सारेका किसानका समस्या जायज भएकाले सम्बोधन गर्ने प्रतिबद्धता जनाएको माओवादीका नेताले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply