सौन्दर्य प्रतियोगिताकी प्रतिस्पर्धीलाई नशालु पदार्थ खुवाएर जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई १४ वर्ष जेल सजाय गर्न प्रहरीले माग

काठमाडौं। सौन्दर्य प्रतियोगिताकी प्रतिस्पर्धीलाई नशालु पदार्थ खुवाएर जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई १४ वर्ष जेल सजाय गर्न प्रहरीले माग गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले आठ वर्षअघि आयोजित एउटा सौन्दर्य प्रतियोगिताकी एक सहभागीलाई शोषण गर्ने उद्देश्यले झुक्याएर जबरजस्ती करणी गरेको निष्कर्ष निकाल्दै १४ वर्षको जेल सजाय माग गरेको हो।

 

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले अनुसन्धान सकाएर प्रतिवेदन पेश गरेको छ। सोही आधारमा सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराउनेछ । करकापमा पारेर नियन्त्रणमा लिएर जबरजस्ती करणी गरेको निष्कर्ष निकाल्दै प्रहरीले पाण्डेविरुद्धको अनुसन्धान सकाएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीले पाण्डेविरुद्ध मानवबेचबिखन तथा ओसारपसार र बाल यौन दुव्र्यवहारको कसूरमा अनुसन्धान सकेर प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको बताए। मानवबेचबिखन सम्बन्धी ऐनको दफा ४ को उपदफा २ ९ख० अनुसार ‘शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाइ, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, जबरजस्ती गरी, करकापमा पारी, शरीर बन्धक राखी, बेहोस पारी’ आफूसँग राख्ने वा नियन्त्रणमा लिनुलाई मानव बेचबिखन तथा ओसारपसार मानिन्छ।

जबरजस्ती करणीसम्बन्धी कसूरमा अनुसन्धानका लागि हदम्याद सकिएपछि प्रहरीले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको थियो। नेपालको कानून अनुसार जबरजस्ती करणी भएको एक वर्षभित्रमा उजुरी दिइसक्नुपर्ने व्यवस्था छ।उक्त घटना सार्वजनिक भएपछि एक अर्की नाबालिगले समेत पाण्डेविरुद्ध बाल यौन दुव्र्यवहारको जाहेरी दिएकी थिइन्। प्रहरीले मानव बेचबिखनको कसूरमा ११ वर्ष र बाल यौन दुव्र्यवहारको कसूरमा तीन वर्ष गरेर १४ वर्ष जेल सजाय माग गरेको हो।

पीडित युवतीले भिडियो सार्वजनिक गर्दै आफुमाथि बलात्कार भएको बताएकी थिइन्। सार्वजनिक गरेको भिडियो बयान अनुसार प्रतियोगिता सकिएपछि उनलाई ‘सक्सेस पार्टी’ आयोजना गरेको भन्दै पाण्डेले बानेश्वरस्थित एभरेष्ट होटलमा बोलाएका थिए। त्यहाँ नै उनले नशालु पदार्थ खुवाएर बलात्कार गरेको पीडितको आरोप थियो। राजधानी दैनिकमा समाचार छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply