प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको प्रस्तावित गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने

 

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको प्रस्तावित गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताएका छन् । शनिबार धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन समारोहमा बोल्दै उनले गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि विधेयक ल्याएर अगाडि बढाउने बताएका हुन् । प्रधानमन्त्री देउवाले सुदूरपश्चिमबासीको चाहना अनुसार सरकारले तत्काल विधेयक ल्याएर गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले विगतलाई सम्झिदै विगतभन्दा अहिले सुदूरपश्चिममा धेरै विकास भएको बताउँदै विकास जति गरेपनि कम हुने र कहिल्यै पूरा नहुने बताए । कैलालीमा नदी कटान, डुवानको समस्या रहेको र यसलाई रोक्न अतिक्रमण रोक्नु पर्ने उनले बताए । ‘अतिक्रमणको समस्या छ,धनगढी सुन्दर ठाउँ छ यसलाई अझै सुन्दर बनाउन अतिक्रमण रोक्नुस’ उनले भने ।

प्रधानमन्त्री देउवाले देश विकेन्द्रीकरणमा गइसकेकाले अबको विकासको सवालमा स्थानीय तह, प्रदेश सरकार र संघ सरकार सबै मिलेर आपसमा सहमति गरेर अगाडि बढ्नुपर्ने धारण व्यक्त गरे ।त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकासमा आम नागरिकको सहभागिता हुनुपर्ने बताए । ‘जवसम्म विकासमा नागरिकलाई सहभागिता गर्न सक्दैनौं तवसम्म हामीले जति ठूला कुरा गरेपनि विकासलाई गति दिन सक्दैनौं’ उनले भने ‘यसकारण विकासका लागि सबैको साझेदारी रहनु पर्छ,त्यसबाट मात्रै विकास गर्न सक्छौँ ।’ देशमा रहेका तीन तहका सरकारले सहकार्य साझेदारी गरेर अगाडि बढ्नुपर्ने बताउँदै उनले भने ‘प्रदेशको तर्फबाट यी कुरामा कमी रहने छैन ।’ धनगढीमा डुवानको समस्या छ, ढल निकासको कुराहरु छ यसलाई संघ,प्रदेश र स्थानीय सरकारको सुरु ग¥यो भने छिट्टै परिणाम दिन सकिन्छ उनले भने प्रदेशले यसमा गर्नुपर्ने कुरामा कुनै कमी रहन्न ।

मुख्यमन्त्री भट्टले सम्बोधनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै कार्यकालमा पश्चिम सेतीको सुरुआत गर्न,गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउन आग्रह गरेका थिए । त्यसैगरी तराईँ पहाड जोड्ने महाकाली करिडोर,सेती लोकमार्ग र खुटिया दिपायल फाष्टट्रयाक छिटोभन्दा छिटो संघीय सरकारले बनाइ दियो भने जनताले राहत पाउने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply