कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाँउपालिका एक सामुदायिक विद्यालयका शिक्षकको विदाई गरिएको छ । बेलडाँडी गाँउपालिका १ झर्नासागरमा रहेको सरस्वती माध्यामिक विद्यालयका संस्थापक शिक्षक लाल सिह विष्टको विदाई गरिएको छ ।आ इतबार विद्यालयले एक कार्यक्रमका विच संस्थापक शिक्षक विष्टको विदाई गरेको हो ।वि.स २०४८ सालमा स्थापना गरिएको विद्यालयको संस्थापक शिक्षक विष्टले शिक्षण गरेका थिए । निरन्तर तीन दशक शिक्षण सेवा गरेका विष्ट उमेर हदका कारण सेवानिवृत भएका हुन । शिक्षक, अभिभावक, विद्यार्थीबाट शिक्षक विष्टलाई मायाको चिनो प्रदान गरिएको थियो ।विदाई कार्यक्रममा संस्थापक शिक्षक लाल सिह विष्टले बालबालिको भविष्य बनाउने विषयमा सबै शिक्षकले ध्यान दिनुपर्नेमा जोडदिएका छन ।
कार्यक्रममा विद्यालयका पुर्व प्रअ एव अध्यक्ष दिर्घ बहादुर शाहले विद्यालयले बृद्धि विकासका लागि संस्थापक शिक्षक विष्टको महत्वपूर्ण योगदान रहेको बताएका छन ।प्रअ विष्णूसिह विष्टले संस्थापक शिक्षक विष्ट विद्यालय समाजका लागि ईतिहास रहेको बताए । बेलडाँडी गाँउपालिका १ का वडाध्यक्ष जग बहादुर विष्टले शिक्षक विष्टको योगदानको कदर गर्नुभयो । कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेकी बेलडाँडीकी उपप्रमुख शान्ति नाथले समाजलाई अन्धकारबाट उज्याँलोतर्फ धकेल्ने शिक्षक विष्टको योगदान सरानिय रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले विद्यालयको बृद्धि विकासका लागि योगदान पु¥याएका शिक्षक विष्टप्रति आभार प्रकट गर्नुभयो । बेलडाँडीको शैक्षिक बृद्धि विकासका लागि शिक्षक विष्टको योगदान पु¥याएको भन्दै आगामी आर्थिक बर्षभित्रै ५१ हजार १२५ रुपैयाका साथ सम्मान गरिने घोषणा गरिने गाँउ प्रमुख रानाले घोषणा गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेत बहादुर शाहको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिका पुर्व पदाधिकारी, जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी, विद्यार्थी, अभिभावकको सहभागिता रहेको थियो । शिक्षक, अभिभावक, विद्यार्थीबाट शिक्षक विष्टलाई मायाको चिनो प्रदान गरिएको थियो ।