निर्वाचन क्षेत्र नम्बर ४ मा इन्जिनियर आकर्षण पोखरेलले उम्मेदवारी घोषणा

काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा इन्जिनियर आकर्षण पोखरेलले उम्मेदवारी घोषणा गरेका छन्। मंगलबार क्षेत्र नम्बर ४ अन्तर्गत कपनको साततलेस्थित खहरेमा आयोजित कार्यक्रममा पोखरेलले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन्।

उनले उम्मेदवारी घोषणा गर्दै भनेका छन्, ‘परिवर्तन अपरिहार्य छ, पर्खिनु विकल्प छैन।’ स्वतन्त्र भनेर आफू एक्लो नभएको उम्मेदवारी घोषणाका क्रममा पोखरेलले बताए। काठमाडौं–४ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो। ०७४ को निर्वाचनमा थापा सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply