पूर्व अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता वर्षमानले नेपाली कांग्रेसको मुल नेतृत्व इमान्दार रहेसम्म गठबन्धनले निरन्तरता पाउने बताए

सिन्धुपाल्चोक। पूर्व अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)  का नेता वर्षमान पुन अनन्तले नेपाली कांग्रेसको मुल नेतृत्व इमान्दार रहेसम्म गठबन्धनले निरन्तरता पाउने बताएका छन्।

शनिबार माओवादी केन्द्र सिन्धुपाल्चोकले चौतारामा आयोजना गरेको स्थानिय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै नेता पुनले कांग्रेसका केही नेता गठबन्धनप्रति इमान्दार नभएता पनि मुल नेतृत्व इमान्दार भएकाले आगामी संघ तथा प्रदेशको निर्वाचनमा काँग्रेससंग गठबन्धन हुनसक्ने तर्फ संकेत गरे। साथै सम्मानपूर्वक व्यवहार नगरे काङ्ग्रेससँग मिल्नैपर्छ भन्ने आजवश्यक नभएको पुनको भनाइ थियो।

गत स्थानिय तह निर्वाचनमा कांग्रेसका दोस्रो तहका नेताहरु आफ्नो पार्टी बलियो भएको ठाउँमा एक्लै चुनाव लड्ने र आफू कमजोर भएको ठाउँमा मात्र गठबन्धन गर्न तयार भएको बताए। माओवादीका प्रभावशाली नेता पुनले कांग्रसभित्र एक एकरुपता नहुँदा गठबन्धनको अपेक्षित नतिजा आउन नसकेको जिकिर गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply