गायिका मृत भेटिइन्, १ जना पक्राउ

काठमाडौं। दोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छन्। प्रहरीका अनुसार उनी शनिबार राति ११ बजे काठमाडौंस्थित आफ्नै डेरामा मृत्य अवस्थामा भेटिएकी हुन्। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। उनको मृत्युको घटना अनुसन्धानका क्रममा प्रहरीले सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार शूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको खुलेको छ।सुर्खेत घर भएकी ३० वर्षीया गायिका सुनार काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन्। उनले शुक्रबार आफू बाँच्न मुस्किल भएको भन्दै सामाजिक संजाल फेसबुकमा स्टाटससमेत लेखेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply