ललितपुर महानगरपालिकाले ठेलामा पानीपुरी बिक्री वितरणमा रोक लगाउने निर्णय गरे

काठमाडौं। ललितपुर महानगरपालिकाले ठेलामा पानीपुरी बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ। काठमाडौँमा हैजाको संक्रमण देखिन थालेपछि ललितपुर महानगरपालिकाले ठेलामा पानीपुरी बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो।

सोमबारबाट ललितपुर महानगरपालिकाभरी ठेलामा पानीपुरी बेच्न रोक लगाइने छ। पानीपुरीमा प्रयोग गरिने पानीमा हैजाको जीवाणु हुनसक्ने भन्दै महानरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेको ललितपुरका मेयर चिरिबाबु महर्जनले जानकारी दिए।

अर्को निर्णय जारी नभएसम्म महानगरभरी ठेलामा पानीपुरी बेच्न नपाइने महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply