लोकेन्द्रसिंह भण्डारीलाई लिफ्ट मागी कुटपिट र लुटपाट गर्ने तीन जना भारती पक्राउ

 

धनगढी :- गोदावरी नगरपालिका – ४ गाेदावरीकाे सेल्फीडाडाँ नजिकै एक नेपालीलाई लिफ्ट मागी लुटपिट गर्ने तिन जना भारतिय नागरिक पक्राउ परेका छन । डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कर्मचारी लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरेर लुटपाट गर्ने तीन जना पक्राउ परेका छन् । बुढीतोलामा कम्प्युटर अपरेटर भण्डारीलाई लुट्ने तीन जनालाई गोदावरी नगरपालिका-१ स्थित भित्री सडकको जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो। शुक्रबार विदा लिएर बेदकोट नगरपालिका – ३, कञ्चनपुर आएका भण्डारी सोमबार कार्यालयमा जान लागेका थिए । आफ्नै सेलेरियो नामक गाडीमा कार्यालय जान लागेका बेला तिनै जना भारतियले मिलेर लुटपिट गरेको र गाडी समेत लगेको पिडित भण्डारीले बताए ।


प्रकाउ पर्नेमा भारतको हरियाणा सोनीपथ बस्ने भगतसिंह, सोही ठाउँ बस्ने शाहिल बादलिसे र सन्नी जाँट रहेका छन् । लिफ्ट मागेर कारमा बसेका तीन जना व्यक्तिले आज कुटपिट गरेर भण्डारीको कारसहित भएका नगद र मोबाइल लुटेर फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply