पुनर्वासमा आदिवासी जनजाति समुदायको हक अधिकार छलफल गरियो

कञ्चनपुरको पुनर्वासमा आदिवासी जनजाति समुदायको हक अधिकार छलफल गरिएको छ । शनिबार नेपाल आदिवासी जनजाति महासंघ पुनर्वास नगरको आयोजनामा आदिवासीसमुदायकोृहक अधिकारका विषयक छलफल गरिएको हो । कर्यक्रममा प्रशिक्षक अधिवक्ता पुष्पविक्रम शाहीले आदिवासी जनजातीलाई नेपालको संविधानले प्रदान गरेका अधिकारका बारेमा चर्चा गर्नुभएको थियो । त्यसैगरी प्रशिक्षक अधिवक्ता नेत्र बहादुर तामाङले आदिवासी जनजातीले सचेत भएर आफ्नो अधिकारको लागि अगाडी बढनुपर्ने भनाई राख्नुभएको थियोे ।

नेपाल आदिवासी जनजाती महासंघ पुनर्वासका अध्यक्ष धोखे रानाको अध्यक्षता तथा पुनर्वासका नगरप्रमुख तोय प्रसाद शर्माको प्रमुख आथित्य एव नगर उपप्रमुख भुलिया राना सहितका जनप्रतिनिधी सहभागि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply