नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दै

काठमाडौं। नेकपा (माओवादी) केन्द्रको केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ। बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने बताइएको छ। माओवादी केन्द्रको पूर्वस्थायी कमिटी र इन्चार्जहरूको मंगलबार बसेको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो। त्यसैले प्रचण्डले ल्याउने प्रस्तावमाथि छलफल नगरी सोझै पारित हुने सम्भावना रहेको माओवादी स्रोत बताउँछ।

मंगलबारका लागि डाकिएको केन्द्रीय कमिटिको बैठक बुधबारसम्म स्थगित गरेर मंगलबार प्रचण्ड निवास खुमलटारमा पूर्वस्थायी कमिटी र इन्चार्जहरूको बैठक बसको थियो। माओवादीमा १५ सदस्यीय पदाधिकारीको व्यवस्था भएपनि आकांक्षी धेरै हुँदा पद तथा जिम्मेवारी बाँडफाट हुन सकेको छैन । पार्टी महासचिवको लागि जनार्दन शर्मा र वर्षमान पुनबीच टक्कर रहेको बुझिएको छ। माओवादी केन्द्रको बैठक आइतबारदेखि काठमाडौंमा जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply