मन्त्री बोहरा र राज्यमन्त्री रैका द्धारा पूर्ण खोप सुनिश्चिततामा योगदान गर्ने सबैलाई सम्मान

डडेल्धुरालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा गरिएको छ। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराको प्रमुख आतिथ्यता र राज्यमन्त्री टेक बहादुर रैका को विशिष्ट आतिथ्यतामा आइतबार जिल्ला सदरमुकाममा आयोजित कार्यक्रमका बीच डडेल्धुरालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। जिल्लाका १६ देखि २३ महिनासम्मका २ हजार २४ बालबालिकाले पूर्ण रूपमा खोप पाएपछि डडेल्धुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिए। जिल्लाका सात स्थानीय तहमा रहेका खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाइसकेका छन्। घोषणा कार्यक्रममा मन्त्री बोहरा र राज्यमन्त्री रैकाले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणाका लागि योगदान पुगाउने सबैलाई धन्यवाद ज्ञापन एंव सम्मान गरे। मन्त्री बोहराले प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि उपचार सेवामा सबैको पहुँच पुगाउनका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको बताए। यस्तै, पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणापछि पनि त्यसको दिगोपनाका लागि सक्रिय भएर काम गर्न मन्त्री बोहराले स्वास्थ्यकर्मीलाई आग्रह गरे। यसका साथै पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्न भूमिका निर्वाह गरेको भन्दै कार्यक्रममा जिल्लाका स्वास्थ्य स्वयंमसेविका, स्वास्थ्यकर्मी र सात वटै पालिकालाई राज्यमन्त्री रैका ले सम्मान गरेका थिए । यससँगै डडेल्धुरा पूर्ण खोप सुनिश्चितता घोषणा हुने सुदूरपश्चिमको तेस्रो जिल्ला बनेको छ। यसअघि सुदूरपश्चिमका बैतडी र दार्चुलालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो। सोमबार डोटी र मंगलबार कञ्चनपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने कार्यक्रम रहेको स्वास्थ्य निर्देशानालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply