मन्त्री बोहरा र राज्यमन्त्री रैका द्घारा सुदूरपश्चिमका ४ श्रष्टा सम्मानीत

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका भाषा,सहित्य,संस्कृति एंव गायन संगीत कला क्षेत्रका श्रष्टालाई सम्मान एंव पुरस्कृत गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी प्रदेशको सामाजिक बिकास मन्त्रालयले ४ जना श्रष्ठालाई सम्मान गरेको हो । सामाजिक बिकास मन्त्री गोबिन्द बोहरा तथा राज्यमन्त्री टेक बहादूर रैकाले संयुक्त रुपमा श्रष्टालाई नगद ७५ हजार रुपयाँ पुरस्कार सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सम्मानित हुनेमा लोक संस्कृती बिधा तर्फ डडेल्धुराको अजयमेरु गाउँपालिका ३ का ६४ बर्षिय बाशुदेव पाण्डेय, गायन बिधा तर्फ धनगढी उप महानगरपालिका १ कैलालीका ५५ बर्षिय पप्पु कुमार जैरु((पिके नारायण), ललितकला बिधा तर्फ अजयमेरु गाउँपालिका २ डडेल्धुराका ६४ बर्षिय तारा चुनारा र साहित्य बिधा तर्फ धनगढी उप महानगरपालिका ५ कैलालीका ४५ बर्षिय रामलाल जोशी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply