कैलालीको एक सामुदायिक वनमा पदाधिकारी र केही व्यक्तिले कृर्ते जालसाक्षी गरेर उपभोक्ताको नाममा काठ गोलिया लिने गरेको पाईएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं ४ जनकपुर मा रहेको मेलघट्टी सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र एक जना उपभोक्ता सदस्यले फर्जी बिल काटेर उपभोक्ताको नाममा काठ गोलिया लिने गरेको पाईएको हो । सो सामुदायिक वन समुहका उपाध्यक्ष मान बहादुर पल्लीमगर, सचिव बिना बिष्ट र कोषाध्यक्ष निर्माण पहराईको मिलेमतोमा कार्यालय सचिव अप्सरा संज्यालको कृर्ते सहि गरि बिल काटेर उपभोक्तालाई गोलिया बिक्री गरेको समेत पाइएको छ । कार्यालय सचिवको विज्ञापन खेलेर जेठ १३ गते प्रतिस्पर्धाबाट छानिएकी सचिव संज्यालको सहि कृर्ते गरिएको हो । समितिले मलाई अहिलेसम्म नियुक्ति पत्र दिएको छैन तिन जना मिलेर मेरो सहि कृर्ते गरी बिल जारी गरेछन सचिव संज्यालले भनिन ।
काठ गोलियाको व्यापार गर्ने उदेश्यले गाउँमा नभएका उपभोक्ताको नाममा समितिका पदाधिकारीको आपसी मिलेमतोमा निवेदन दर्ता गर्ने देखि बिल काटेर लिने सम्मको अबैध काम भएको स्थानिय बासिन्दा पुष्पराज आचार्यले बताउनुभयो । सम्बन्धित उपभोक्ताले निबेदन र बिल अनुसारको रकम दिएको भए उसको उपस्थिति बिना रातारात आरा मिलमा काठ गोलिया लगेर चिरान गर्नु र सबै काठ पदाधिकारीले आफ्नो घरमा लगेर राख्नुले समिति भित्र तस्कर बिचौलिया हाबी भएको आरोपमा लगाएका थिए । उनले भने सम्बन्धित व्यक्ति नभएको अबस्थामा निजको माग अनुसार छुटाएको गोलिया सुरक्षित राख्नुपर्ने थियो समिति पदाधिकारी हरुको व्यवहारले उपभोक्ताले शंका गर्ने अवस्था आयो । उपभोक्ताको काठ गोलिया जानकी समिल बैनिया र प्रगति समिल चुहामा चिरान गर्ने सहमति भएको थियो । प्रगति समिल चुहामा चिरानका लागि लागिएको उपभोक्ताको ४६३.६२ क्युफिट काठ बाटोबाट गायब गरि बिक्री गरेको स्थानीयले आरोप लगाएका छन् । सो परिमाणको काठ कहा लुकाएर राखेको छ वा बिक्री गरेको थाहा पाउन नसकिएको स्थानीयले बताए । ४६३.६२ क्युफिट काठ गोलिया चिरान भएर उपभोक्ताले नपाएको र चिरानको जिम्मा लिएका लक्षिमीदत्त न्यौपानेले उपभोक्ताको नाममा काठ गोलिया लगेर बदमासी गरेको सुचना आएको सव डिभिजन वन कार्यालय सुखड्का फरेस्टर बल बहादुर मण्डेलले बताएका छन् । समितिका पदाधिकारी सहितको मिलेमतोमा उपभोक्ताको नाममा बिल बनाएर काठको व्यापार गर्न खोजेको सुचना आएको र सामुदायिक वनमा गई बुझ्दा सोही अनुसार भएको पाइएकोले दुई दिन भित्र समुहको विधानमा व्यवस्था भए बमोजिम गरि गराइ सोको जानकारी सव डिभिजन वन कार्यालय सुखड्मा जानकारी गर्न पत्र पठाएको बताएका छन् । सरकारी तहबाट सामुदायिक वनमा कानुन बमोजिम काम गर्न नियमन गर्ने निकाय वन कार्यालयको रहेको र सामुदायिक वनमा भएको अनियमितता माथि कारबाही गर्ने पहिलो अधिकार स्थानिय उपभोक्ता र समितिको रहेको तर नियम अनुसार नभएको पाइएमा सब डिभिजन वन कार्यालयबाट नियमन गरि संग्लन दोषीलाई वन ऐन अन्तर्गत कारबाहीको दायरामा ल्याउने बताए । समितिका पदाधिकारीले कृर्ते जालसाक्षी गरेमा समुहको विधानमा व्यवस्था भए अनुसार दोब्बर जरिवाना सहित ५ बर्ष सम्म वन पैदावार उपभोगमा रोक लगाउने निर्णय समुहले गर्न सक्ने प्रावधान रहेको फरेस्टर मण्डेलले जानकारी दिएका छन् । सामुदायिक वनका अध्यक्ष टिकाराम चौधरीले समिति पदाधिकारीको बदमासीले लज्जित बनाएको बताउदै उपभोक्ताको भेला गरेर सामुहिक निर्माण गरि दोषीलाई कारबाहीको दायरामा ल्याइने तथा आफुले समुह छोड्ने सम्मको अवस्थामा पुगेको बताएका छन् । केहि व्यक्तिको बदमासी सिङ्गो सामुदायिक वनको बदनाम भएको भन्दै अध्यक्ष चौधरीले सरोकारवाला निकाय र उपभोक्ताको सहयोगमा समुहको विधान अनुसार निर्णय गरिने बताए।