‘चोरखोला गाउँका बासिन्दा अझै अन्धकारमा बस्न बाध्य छन्’

कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोला गाउँमा अहिलेसम्म विद्युत् सेवा विस्तार हुन सकेको छैन । विद्युत् नभएका कारण यहाँका ४५ घर परिवार वर्षौदेखि राति समयमा अन्धकारमा बस्न बाध्य छन् । चोरखोला गाउँमा पूर्वपश्चिम राजमार्ग विस्तार गर्दा विसं २०२८ मा गाउँ बसेको हो । गाउँ बसेको ५० वर्षभन्दा बढी बिते पनि अझैसम्म विद्युत् सेवा पुग्न नसकेको स्थानीय एम वि सेन्चुरीले बताउनुभयो । वनकासवासा र धानखोलामा विद्युत् नहुँदा त्यहाँका बासिन्दालाई निकै कठिनाइ भोग्नुपरेको धानखोलाका समाजसेवी दिनेश पुनले बताउनुभयो । वनकसबासा देखि आठ किलोमिटर र धानखोलादेखि सात किलोमिटरको दुरी मात्र रहेपनि सम्बन्धित निकायले विद्युत् लाइन विस्तारको लागि खासै चाँसो नदिएको समाजसेवी दिनेश पुनले बताउनुभयो । स्थानीय धर्मविर मगर विद्युत् सेवा नहुँदा सञ्चार सम्पर्कबाट पनि बिच्छेद हुने गरेको बताउनुहुन्छ । शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले त्यस क्षेत्रमा विद्युत् सेवा विस्तारका लागि नेपाल विद्युत् प्राधिकरण कृष्णनगरसंग समन्वय गरिरहेको बताउनुभयो । अहिले बर्खाको समय भएकाले काम सुरु हुन समस्या हुदाँ असोजदेखि विद्युत् विस्तारको काम सुरु हुने उहाँले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरण कृष्णनगर वितरण शाखा प्रमुख कमर आलम खाँले अब केही महिनाभित्रै चोरखोलामा विद्युत् विस्तार गरिने बताउनुभयो । टेन्डर प्रक्रियाअघि बढेकाले अब विद्युत् विस्ताको काम सुरु गर्ने शाखा प्रमुख खाँले जानकारी दिनुभयो । –––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply