नमुना सामुदायिक वनको ७ औँ साधारण सभा सम्पन्न

 

बबिता भट्ट 

कञ्चनपुर :- कृष्णपुर नगरपालिका ९  श्री नमुना सामुदायिक वन उपभोक्ता समुहको ७औं साधारण सभा सम्पन्न भएको छ । नमुना सामुदायिक वनका अध्यक्ष रामदास चौधरी को अध्यक्षता र  पिपरिया सब डिभिजन कार्यालयका अधिकृत नवीन सिंहकाे प्रमुख आतिथ्यमा कार्यक्रम समपन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिंहले सामुदायिक बन नमुना वनको दिगो संरक्षण र सम्बर्धनमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पु–याउने कुरा बताए कार्यक्रम उद्घाटन गर्नुहुँदै प्रमुख सिंहले वन क्षेत्रको प्रयोगसंगै संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । सामुदायिक वन ठुलो सानु भन्नु भन्दा पनि क्षमतामा भर पर्दछ ।

सामुदायिक वनले स्थानीयलाई सहयोग पुर्याउने हुँदा यसको प्रयोग र संरक्षणमा ध्यान दिन जरुरी रहेको उहाँको भनाई थियो । उहाँले सामुदायिक वनहरु रोजगारमुलक र व्यवसायिक तरिकाले अगाडि बढ्न आवश्यक रहेको समेत बताउनुभयो । सामुदायिक वनका उपभोक्ताहरुको आर्थिक पाटो सफल बनाउने खाले कार्यक्रम छनोट गर्न र कार्यान्यन गर्न उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि कञ्चनपुर जिल्ला CFCC का सहसचिव पुनाराम चौधरी, कृष्णपुर नगरपालिका वडा नम्बर ९ का वडा सदस्य सरिता देवी बिकले स्वागत मातब्यमा सान्दर्भिक भनाइ राखेका थिए ।अतिथिमा वनदेवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारी, जानकी सामुदायिक वनका अध्यक्ष चन्द्र प्रकाश भट्ट, गौरादेवी सामुदायिक वनका अध्यक्ष राजेश महरा, सितादेवी सामुदायिक वनका अध्यक्ष छविलाल चौधरी,  वरिष्ठ समाजसेवी लालबहादुर चौधरी लगायत समाजसेवी, बुद्धिजीवी हरुकाे उपस्थिति रहेको थियो। नमुना समुदाय वन कैलाली र कञ्चनपुरको सिमानामा पर्छ ।

कार्यक्रममा समितिको बार्षिक र आर्थिक प्रतिवेदन काेषा अध्यक्ष रघुनाथ चौधरीले प्रस्तुत गर्नुभएको थियो । समुहकी सदस्य सुस्मा दहितले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रमेश चौधरीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply