निर्वाचनको दिन व्यवस्थित रुपमा यातायात खुलाइने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने दिन ४ मंसिरमा व्यवस्थित रुपमा यातायात सञ्चालन हुन दिने बताएको छ । शनिबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विगतमा जस्तो आयोगबाट अनुमतिप्राप्त सवारीसाधन मात्रै सञ्चालन हुन पाउने व्यवस्था परिवर्तन हुने बताए ।

‘निर्वाचनको दिन सार्वजनिक यातायात बन्द हुँदा अप्ठेरो, बाटोबाट मतदाता ओसार्नुपर्दा निर्वाचन आचारसंहिताको बर्खिलाप हुने भयो’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘त्यो दिन जेष्ठ नागरिक, अशक्त र वृद्धवृद्धालाई अप्ठेरो पर्ने भयो । सवारी आवागमनको अनुमति माग्नेहरुको भिड हुने भएकाले व्यवस्थापन गर्न कठिनाई हुने भएकाले यो निर्वाचनमा हामीले व्यवस्थित रुपमा यातायात सञ्चालन गर्ने निर्णय गरेका छौं ।’

त्यसका लागि निर्वाचन आयोग, यातायात व्यवस्था विभाग, गृह मन्त्रालय, नेपाल प्रहरी लगायत निकायका प्रतिनिधि सम्मिलित कार्यदल गठन हुने र त्यसले दिएको सुझावका आधार आयोगले यातायात सञ्चालन गर्ने अनुमति दिने उनले बताए ।

‘अरु दिनजस्तो छरपष्ट होइन’ प्रमुख आयुक्त थपलियाले भने, ‘व्यवस्थित ढंगले यातायातका साधन सञ्चालन गर्ने अनुमति दिन्छौं । र अब विगतमा झैं निर्वाचनको दिन नेपाल बन्दको दिनजस्तो हुनेछैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply