शिक्षामन्त्री पौडेलले दिनुभयो बागलुङ २ मा उम्मेदवारी

धनगढी : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ । मन्त्री पौडेलले नेकपा (माओवादी केन्द्र) बागलुङका इन्चार्ज राजीव घिमिरेको प्रस्तावक र केन्द्रीय सदस्य निलबहादुर पुनको समर्थनमा निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

पौडेल यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । उहाँले कांग्रेसका नरबहादुर पुनलाई आठ हजार नौ सय २२ मतले पछि पारेर विजयी हुनुभएको थियो । पौडेलले २८ हजार आठ सय २७ मत प्राप्त गर्दा पुनले एक हजार नौ सय पाँच मत ल्याउनुभएको थियो ।

अघिल्लो पटक वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका मन्त्री पौडेल यसपालि पाँचदलीय गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ । यस क्षेत्रको प्रदेश क्षेत्र (क) मा नेपाली कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचन र (ख) मा दोर्णकुमार कुँवरले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply