दार्चुलामा प्रदेशसभा र प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका २१ उम्मेदवारले गरे मनोनयन दर्ता

धनगढी : दार्चुलामा पनि प्रदेशसभा र प्रतिनिधिसभामा प्रतक्ष निर्वाचन प्रणालीतर्फका २१ उम्मेदवारले मनोनयन दर्ता गर्नुभएको छ । उम्मेदवारहरूले प्रस्तावक र समर्थकहरूको साथमा मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगि मनोनयन दर्ता गर्नुभएको हो ।

प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नौँ जनाले र प्रदेशसभा क्षेत्र (क) मा छ जना र क्षेत्र (ख) मा छ जनाले गरि जम्मा २१ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिनुभयो । प्रतिनिधिसभामा सत्तारूढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल सरकारका उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू, नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री गणेशसिंह ठगुन्ना, राप्रपा नेता नरेन्द्रसिंह धामी, नेमकिपाका विश्वराम दुवाल, राप्रपा नेपालका देववहादुर बम, नेस्नल पिपुल्स पार्टीका धर्मसिंह दयाली, नागरिक उन्मुक्ति पार्टीका तारा दत्त जाेशी, संघीय लोकतान्त्रिक मञ्चका रमेशराम लुहार र राष्ट्रिय स्वतन्त्र पार्टीका रबिन्द्रसिंह धामीले मनोनयन दर्ता गर्नुभएको छ ।

प्रदेशसभा क्षेत्र (क) मा गठबन्धनको तर्फबाट कांग्रेस महाधिवेशन प्रतिनिधि बिक्रमसिंह धामी, एमाले प्रदेश कमिटी सचिवालय सदस्य हरदेब जोशी, स्वतन्त्र उम्मेदवार शंकरसिंह धामी, राप्रपा नेता चक्रबहादुर बम, संघीय लोकतान्त्रिक मञ्चका नन्दी कामी र नेपाली कांग्रेस बिपिका राजेन्द्रप्रसाद बडूले उम्मेदवारी दर्ता गर्नुभएको छ । प्रदेशसभा क्षेत्र (ख) मा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का नेता एवं सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामी, एमाले प्रदेश कमिटी सचिवालय सदस्य एवं पूर्व जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी, एकीकृत समाजवादी जिल्ला कमिटी अध्यक्ष बिरबहादुर ठगुन्ना, राप्रपाका अमरसिंह धामी, संघीय लोकतान्त्रिक मञ्चका गगन ठगुन्ना र स्वतन्त्र बहादुरसिंह धामीले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ ।उम्मेदवारी मनोनयन दर्ता पश्चात् अधिकासं उम्मेदवारले कोणसभाको आयोजना गरि मतदाताको नाममा सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा उम्मेदवारहरूले मङ्सिर ४ गते हुने निर्वाचनको तयारीमा खटिन नेता, कार्यकर्ताहरूलाई अनुरोध गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply