कञ्चनपुर क्षेत्र नम्बर १ क र ख को संयुक्त निर्वाचन परिचालन समिति सार्वजनिक

धनगढी : संघ र प्रदेशको निर्वाचन मिति नजिकिँदै गर्दा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ क र ख को संयुक्त बाम लोकतान्त्रिक गठबन्धन समितिले निर्वाचन परिचालन समिति सार्वजनिक गरेको छ ।
शुक्रबार पुनर्वास मा बसेको संयुक्त बाम लोकतान्त्रिक गठबन्धन समितिको बैठकले नेकपा माओवादी का केन्द्रीय सदस्य लोकेन्द्र लम्साल संयोजक तथा नेपाली काङ्ग्रेस कञ्चनपुर क्षेत्रीय समिति संयोजक गोपि प्रशाद उपाध्यायलाई सह- संयोजक मा जिम्मेवारी दिईइएको छ ।
त्यसैगरी क्षेत्र नम्बर १ क प्रदेशसभा निर्वाचन का लागि संयोजक मा नेपाली काङ्ग्रेस का मानबहादुर रोकाया तथा सह संयोजक मा माओवादी का कञ्चन गिरि ले जिम्मा पाएका छन । त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ ख प्रदेशसभा निर्वाचन परिचालन समितिको संयोजक मा नेपाली काङ्ग्रेस का चेतन कुमार राई र सह- संयोजक मा नेकपा माओवादीकेन्द्र का राजेन्द्रप्रसाद जोशी ले जिम्मेवारी पाएको संयुक्त वाम लोकतान्त्रिक निर्वाचन परिचालन मुल समिति संयोजक लोकेन्द्र लम्साल एबं सह- संयोजक गोपिप्रसाद उपाध्याय द्वारा हस्ताक्षरित प्रेस नोट मार्फत जानकारी गरिएको छ । धनबहादुर विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply