निर्वाचन आयोगले सञ्चारमाध्यमको पनि निगरानी गर्ने

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा सञ्चारमाध्यमको निगरानी गर्ने भएको छ । आन्तरिक प्रयोजनका लागि निगरानी गर्ने आयोगको निर्णय छ । तर, निगरानीका क्रममा संचारमाध्यमले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएमा प्रचलित कानून बमोजिम गर्न कारवाही गर्न र कारबाही गरिएको जानकारी आयोगलाई गराउन प्रेस काउन्सिल नेपाललाई निर्देशन दिने पनि आयोगको निर्णय छ ।

आयोगले सुरक्षाका प्रतिनिधिलाई समेत राखेर ‘प्रेस अफिस’ स्थापना गरेको छ । ‘प्रेस अफिस’ स्थापनाबारे आयोगले भनेको छ, ‘निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को कार्यान्वयन गर्न सोही ऐनको दफा २३ बमोजिम आयोगले विज्ञहरु समेत रहेको संयन्त्र निर्माण गर्न सक्ने प्रावधान रहेको छ ।’ आयोगका अधिकारीहरुका अनुसार प्रेस अफिसले संचारमाध्यममा प्रकाशित तथा सामाजिक संजालबाट प्रवाह हुने सूचना, प्रचार र अभिव्यक्ति जाँचबुझ तथा अनुगमन गर्नेछ ।

अनुगमन गर्न काउन्सिललाई पनि आग्रह

निर्वाचन आयोगले सञ्चारमाध्यमबाट सम्प्रशित सामाग्रीहरुको अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई पनि आग्रह गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले निर्वाचन आचारसंहिता पालना भए÷नभएकोबारे नियमित अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने निर्णय गरेको हो ।

सञ्चारमाध्यमको अनुगमनको क्षेत्राधिकार प्रेस काउन्सिलभित्र पर्ने विषय भएको उल्लेख गर्दै आयोगको निर्णयमा भनिएको छ, ‘…सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रशारण हुने सामग्री निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता, २०७३ अनुरुप भए/नभएको नियमित रुपमा अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने ।’

आयोगले प्रेस प्रत्येक सञ्चारमाध्यमलाई स्वनियमनसम्बन्धी कार्यविधि बनाइ लागू गर्न आव्हान गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply