धनगढी :प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एबम पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भोलि बैतडी जाने भएका छन् । लोकतान्त्रिक –बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नका लागि दुवै नेता बैतडी जानलागेका लागेका हुन् ।
बैतडीको पाटनमा भोलि दिउँसो १ बजे हुने चुनावी सभालाई देउवा र प्रचण्डले एउटै मंच बाट सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिनुभएको छ । पाटनमा आयोजना हुने चुनावी सभाका लागि तयारी पूरा भएको उनले बताए ।
बिहान ११ बजे दार्चुलाको गोकुलेश्वरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गरेर दुवै नेता बैतडीको पाटन आउने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीले बताएका छन ।
बैतडीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन सहित चुनावी मैदानमा होमिएका छन् । प्रतिनिधि सभा सदस्यका लागि माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य नरेन्द्र कुँवर (विजयसुन्दर) साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा रहेका छन् । यस्तै प्रदेश सभा सदस्यका लागि प्रदेश सभा (क) क्षेत्रमा नेपाली कांग्रेसका बिरबहादुर बिष्ट र प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका शिवराज भट्ट साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा रहेका छन् ।