कास्कीमा ११ बजेसम्म १५ प्रतिशत मत खस्यो

कास्कीमा जारी मतदानमा विहान ११ बजेसम्म १५ प्रतिशत मत खसेको छ ।

प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले ११ बजेसम्म १५ प्रतिशत मत खसेको जानकारी दिनुभयो ।

चिसोका कारण विहानको समयमा अधिकांश केन्द्रमा मतदाताको उपस्थिति कम रहेको र अहिले उपस्थिति बढेको उहाँले बताउनुभयो ।

जिल्लाका तीन सय ४४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख होमनाथ पराजुलीले जानकारी दिनुभयो ।

जिल्लामा निर्वाचनका लागि दुई हजार सात सय ५२ जना कर्मचारी खटाइएको छ । जिल्लामा तीन वटा निर्वाचन क्षेत्र छन् । यसपटकको निर्वाचनमा जिल्लाभर दुई लाख ६४ हजार चार सय ५६ जना मतदाता छन् ।-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply