देबचुलीमा भोलि नै मतदान

पूर्वी नवलपरासीको देबचुली नगरपालिका–४ मा मतपेटिका जलाएका कारण रद्द गरिएको निर्वाचन भोलि नै हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले आज स्थगित भएको त्यो वडामा भोलि बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने जानकारी दिनुभयो । स्थानीय नारायण भण्डारीले शान्ति सृजना आधारभूत बिद्यालय मतदान केन्द्रको समानुपातिक मतपेटिका जलाएपछि त्यहाँ पुनः निर्वाचन हुने भएको हो । त्यहाँका निर्वाचन अधिकृत माधवराज गौतमले निर्वाचन रद्द गरिएको प्रतिवेदन जिल्ला निर्वाचन अधिकृतलाई बुझाइएको जानकारी दिनुभयो ।

गौतमका अनुसार त्यहाँका नारायण भण्डारीले प्रदेश समानुपातिकतर्फको मतपेटिका जलाएका थिए । अन्य तीनवटा पत्रमा मत खसालेपछि भण्डारीले अन्तिम मतपेटिकामा बडिलोसन ( शरीरमा दल्ने औषधी) हालेर आगजनी गरेका हुन् । नौ सय ८० मतदाता रहेको त्यो निर्वाचन केन्द्रमा सात सय मत खसेको थियो । उनले मतपेटिकामा बडिलोसन दलेर मतपेटिकामा खसाएको बयान दिएका छन् । आगजनी गरेपछि भण्डारी भागेका थिए । उनलाई दुई किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रजिअ सुमन घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply