बैतडीमा मतगणना गर्दा वडागतरुपमा गणना गरिने

धनगढी : मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रदेश तथा प्रतिनिधिसभा सदस्यको मत गणनाको तयारी थालेको छ । ४ बजे सूचना प्रकाशीत गरेर गणनाबारे जानकारी दिइने छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सम्भवत ५ बज्न सक्छ । गणनामा खटिने कर्मचारीलाई एक घण्टा तालिम दिइने छ । उम्मेदवारका प्रतिनिधिहरुको परिचयपत्र बनाउने देखि कहि आन्तरीक तयारी धमाधम भइरहेको छ ।
सर्बाधीक चासोको रुपमा हेरिएको मत गणना कुन तहबाट गरिने भन्ने रहेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडागतरुपमा मत गणना गरिने जनाइएको वडामा रहेका बूथ केन्द्रका मतहरु एउटै ठाउँमा रखी गणना थालिने छ । एउटा वडाको सकिएलगत्तै अर्काे वडाको गणना थालिने छ । यसले कुन वडाबाट कुन उम्मेदवारले कति मत प्राप्त गरे भन्ने विषयमा सहजै जानकारी हासिल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply