रुपन्देही क्षेत्र नं १ को मतगणना सुरु भएको छ । देवदह नगरपालिकास्थित शीतलनगर देवदह आदर्श बहुमुखी क्याम्पसमा केहीबेर अघिदेखि मतगणना थालिएको निर्वाचन अधिकृत श्याम श्रेष्ठले जानकारी दिनुभयो ।
यस क्षेत्रमा सत्ता गठबन्धनको समर्थनमा घनश्याम भुसाल र नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्मा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । योसँगै जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा मतगणना भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । यो क्षेत्रमा एक लाख ३९ हजार पाँच सय ६० मतदाता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1