धनगढी :- बाग्लुङ क्षेत्र नं २ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार देवेन्द्र पौडेलले अग्रता फराकिलो बनाउनुभएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतगणनामा पौडेलले एक हजार नौ सय नौ मत प्राप्त गर्नुभएको छ । प्रतिद्वन्द्वी नेकपा ९एमाले०का मञ्जु शर्मा चालिसेले एक हजार ३५ मत प्राप्त गर्नुभएको छ ।
उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा १ मा कांग्रेस उम्मेदवार जित शेरचन दुई हजार नौ सय ९५ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरले दुई हजार सात सय ५९ मतसहित पछ्याइरहनु भएको छ ।
साथै, प्रदेशसभा २ मा नेपाली कांग्रेसका दोर्णकुमार कुवँर चार हजार दुई सय ८३ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने एमालेका लक्ष्मण पुन तीन हजार पाँच सय ६८ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।—
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1