प्रदेशसभा २ क मा गठबन्धनका तर्फबाट नेकपा माओवादीका ओम बिक्रम भाट सरल विजयी

धनगढी: कंचनपुर प्रदेशसभा ‘२ क मा
गठबन्धनका तर्फबाट नेकपा माओवादीका
ओम बिक्रम भाट सरल विजयी भएका छन्।
एमालेका उम्मेदवार वचन बहादुर सिह लाई ४७५मतले पछि पार्दै भाट विजयी भएका हुन्।
भाटले १० हजार ९ सय २५ मत प्राप्त गरि बिजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत माेहनी जाेशीले जानकारी दिनुभयो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वचन सिंहले १० हजार चार सय ५० मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा कृष्णपुर नगरपालिका वडा नम्बर १,२,३,४,५,६,७,८,९,नं वडा पर्दछन् भने शुक्लाफाटा नगरपालिकाका ७,८,९,११ वडा लगाएर यस क्षेत्रमा ५० हजार ८ सय ८९ मतदाता रहेको मध्ये जम्मा खसेको मत ३० हजार ९ सय ४५ मत खसेका थिए भने एक हजार ६ सय ४१ मत मत बदर भएको मुख्य निर्वाचन अधिकृत जाशीले जानकारी दिनुभयो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply