‘निर्वाचित प्रतिनिधि सबैको साझा बन्नुपर्छ’

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित प्रतिनिधि सबैका साझा बन्नुपर्ने स्थानीय बताउँछन् । स्थानीय झरना रिमाल भन्नुहुन्छ, “निर्वाचनका बेला गाउँमा भएको चहलपहलको प्रभाव हट्न महिनौँ लाग्छ । जितेका पार्टीका दलका कार्यकर्ताको तडकभडक गाउँमा अरुलाई पीडा दिने खालको हुनुहुँदैन । निर्वाचित भइसकेपछि त सबैको साझा बन्नुपर्छ ।”

टीकापुर–३ शङ्करपुरकी केशरा जिसीले निर्वाचित प्रतिनिधिले सबैका समस्यालाई समानरुपले बुझ्न र सबैलाई समान व्यवहार गर्न आग्रह गर्नुभयो ।
टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाका अनुसार जित्ने उम्मेदवार जितिसकेपछि सबैको साझा व्यक्ति हो । त्यसैले विजयी हुने उम्मेदवारले सार्वजनिक कार्यक्रममा होस्या अन्य भेटघाटमा,सबैलाई समान व्यहावहार गर्नुपर्ने र विपक्षी पार्टीप्रति आस्था बोकेका नागरिकलाई त्यस्तो अनुभूति हुने कुनै गतिविधि गर्न नहुने बताउनुहुन्छ । “मैले निर्वाचनपछि जिम्मेवारीका हिसाबले सबैलाई समान व्यवहार गरिरहेको छु । निर्वाचन सकिएपछि म सबैको वडाध्यक्ष हो भन्ने ध्यानमा राखेको छु”, उहाँ भन्नुहुन्छ, “सेवा प्रभाव, अवसरजस्ता कुरामा सबैलाई समान दृष्टिले हेर्ने गरिएको छ । यो सबैले गर्नुपर्छ ।”

स्थानीय तहको निर्वाचनका बेला आफू विजयी भइसकेपछि नागरिकको साझा उम्मेदवार बनाउने प्रयास गर्दा सबै नागरिकका गुनासा समानरुपले लिने गरेको टीकापुर नगरपालिका–३ का वडाध्यक्ष ऋषि श्रीपाइली बताउनुहुन्छ । “सकेसम्म सबैलाई हाम्रो जनप्रतिनिधि हो भन्ने अनुभूति दिलाउन आफूले आफ्ना हरेक गतिविधिमा सुधार गर्दै लगेको छु”, उहाँ भन्नुहुन्छ, “फलानो पार्टीको वडाध्यक्ष भएर हामीले सेवा पाएनौँ भनी गुनासो नआओस् भन्नेमा सचेत छु ।”

नागरिक समाज टीकापुरका संयोजक भीमराम चपाई प्रतिनिधि सबैको साझा हो । साझा बन्नुपर्ने कर्तव्य भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “तर त्यसो गरेको कम देखिन्छ । कतै न कतै दलसँगको झुकाव देखिन्छ । निर्वाचित भएकाले यस्ता कुरामा ध्यान दिनुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply