निर्वाचित प्रदेश तथा प्रतिनिधी सभा सदस्यलाई प्रमाण पत्र तथा सपथ ग्रहण

कञ्चनपुर :- मंसिर ४ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचित प्रदेश तथा प्रतिनिधी सभा सदस्यलाई प्रमाण पत्र तथा सपथ ग्रहण गराईएको छ ।

सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका नव निर्वाचित प्रदेश र प्रतिनिधी सभा सदस्यलाई प्रमाण पत्र तथा सपथ ग्रहण गराईएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तारा प्रशाद शर्माले एक कार्यक्रमका विच निर्वाचित जनप्रतिनिधीलाई प्रमाण पत्र दिईएको बताए । निर्वाचन क्षेत्र १ प्रतिनिधी सभा सदस्यमा निर्वाचित तारालामा तामाङ्ग, २ एनपी साउद, ३ रमेश लेखक सहित प्रदेश सभा सदस्यमा निर्वाचिन क्षेत्र १(क) बीर बहादुर थापा(पातल), १(ख) दिवान सिह विष्ट, २(क) ओम विक्रम भाट(सरल), २(ख) बहादुर सिह थापा, ३(क) प्रकास बहादुर रावल र ३(ख) बेल बहादुर रानालाई मुख्य निर्वाचन अधिकृत धुव्र कुमार शाहले पदभार तथा सपथ ग्रहण गराएका छन । प्रतिनिधी सभा सदस्यमा निर्वाचित साउद, लेखक पुर्वमन्त्री र तामाङ्ग प्रदेशका पुर्व अर्थमन्त्री हुन । गठबन्धनकै सरकार बने साउद, लेखक मन्त्रीकै लाईनमा छन ।

क्षेत्र १(क)बाट निर्वाचित बीर बहादुर थापा(पातल), २(क)बाट निर्वाचन ओम विक्रम भाट(सरल) पहिलो पटक ससदीय यात्रामा छन ।

सरल जिल्लाका सबै संघ, प्रदेशका संसद भन्दा कान्छा निर्वाचित संसद हुन । ३५ बर्षिया सरल प्रदेश सरकारका सम्भावित हुन ।

दिवान सिह विष्ट र बहादुर सिह थापा पनि मुख्यमन्त्रीका दाबेदार हुन । पुर्व संविधान सभा सदस्यद्वय विष्ट र थापा सुप प्रदेशका मुख्यमन्त्रीका प्रबल दाबेदारकै रुपमा हेरिएको छ । प्रकास रावल अहिले पनि प्रदेश सरकारका आर्थिक मामिलामन्त्री हुन । उनी पनि भावि प्रदेश सरकारका प्रभावकाली मन्त्रीकै रुपमा हेरिएको छ । पहिलो पटक संसदीय यात्रामा गएका बेल बहादुर राना पनि काँग्रेसका प्रभावकाली नेता हुन । कञ्चनपुरबाट निर्वाचित प्रदेश तथा प्रतिनिधी सभा सभा सदस्यमा निर्वाचित जनप्रतिनिधीले जनअपेक्षा अनुरुप काम गर्ने प्रण गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply